punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ईपीएल : विराटनगरलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

Chaupati
safha napa

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई सात विकेटले हराएको छ । त्रिवी क्रिकेट मैदानमा विराटनगरले दिएको एक सय ७३ रनको लक्ष्य पोखराले १४ बल अघि मात्रै तीन विकेट गुमाएर भेटायो ।

पोखराको जीतमा विदेशी खेलाडी असेला गुणारत्नेले नटआउट ५० रन बनाए । विराटनगरका प्रतिस जिसी, सिकन्दर राजा र हरि चौहानले विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले आरिफ शेखको ४४ रनको मद्दतमा पाँच विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । आजको जीतसँगै पोखरा पाँच अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने चार खेलमा कुनै पनि अंक बटुल्न नसकी पुछारमा रहेको छ ।


१६ असोज २०७८, शनिवार १७:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु