punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दसैं लक्षित बजार अनुगमनः गुणस्तरहीन सामग्री नष्ट

Chaupati
safha napa

बैतडीमा दसैँ तिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ। संयुक्त बजार अनुगमन टोलीले पहिलो दिन आज खोड्पे बजारका ३३ पसलबाट २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा छ हजार ६०० बराबरको पेन्टस, १४ हजार ५३० बराबरको पेयपदार्थ, तीन हजार बराबरको चकलेट, ७७५ बराबरको बिस्कुट र ४३५ बराबरको अन्य लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको हो।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो।

व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ।

जिप्रका, पाटन नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, पाटन इलाका प्रहरी कार्यालय, खोड्पे प्रहरी चौकीे, बजार व्यवस्थापन समितिलगायत टोलीले अनुगमन गरेको थियो।

चाडपर्वका बेला हुनसक्ने कालोबजारी रोक्न बजार अनुगमन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए। उपभोक्ताको हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको र यसबाट व्यापारी तथा उपभोक्ता दुवै सचेत हुने विश्वास गरिएको छ।

यसअघि गत भदौमा पनि संयुक्त अनुगमन टोलीले दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न बजारमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा एक लाख ३५ हजारभन्दा बढी मूल्यका अखाद्य तथा म्याद गुज्रेका बस्तु बरामद गरिएको थियो। रासस


१५ असोज २०७८, शुक्रवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु