punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डिलाशैनीले दसैँको समयमा ६ दिनमात्रै विद्यालय बन्द गर्ने

Chaupati
safha napa

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिनमात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।२६ असोज फूलपातीदेखि ३० असोज टिकाको भोलिपल्टसम्म मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाका कारण लामो समयपछि विद्यालय सञ्चालनमा आएकाले दशैंको समयमा ६ दिनमात्रै विद्यालय बन्द हुने गाउँपालिकाले जनाएको छ । कोरोनाका कारण बालबालिकाको पठनपाठनमा समस्या भएकाले अब नियमित रुपमा विद्यालय सञ्चालन गर्ने गाउँपालिकाले जनाएको हो ।

यसअघि दशैंको समयमा एक महिना विद्यालय बन्द हुने गरेका थिए । दशैंदेखि तिहारसम्म लगातार बिदा हुँदा बालबालिकाहरुको शैक्षिक स्थिति झन् बिग्रने भएकाले यो दशैंमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराले जानकारी दिए ।


१२ असोज २०७८, मंगलवार १७:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु