सुदूरपश्चिमका ३४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार ७० जनाको परीक्षण गर्दा थप ३४ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १ सय २३ जनाको पीसीआर परीक्षण गर्दा २२ जना संक्रमित पाइएका छन् भने, ९ सय ४७ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १२ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९२ जनाको कोरोना परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको छ।
उता डडेल्धुरा अस्पतालमा १२ जनाको परीक्षण गर्दा ३ जना र बैतडी अस्पतालमा १२ जनाको नमूना परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको छ।
८ असोज २०७८, शुक्रवार १९:०९ बजे प्रकाशित












