सुदूरपश्चिममा थप ३९ जनामा कोरोना संक्रमण
सुदूरपश्चिममा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९ सय ६६ जनाको परीक्षण गर्दा थप ३९ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २८ जना संक्रमित पाइएका छन् भने, ८ सय ३७ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ११ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८६ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै डडेल्धुरा अस्पतालमा १० जनाको परीक्षण गर्दा ३ जनामा, महाकाली अस्पतालमा ११ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको छ।
डोटी अस्पतालमा १० जना र बैतडी अस्पतालमा १२ जनाको नमूना परीक्षण गरिएकोमा कुनैमा पनि संक्रमण फेला परेको छैन। हालसम्म प्रदेशमा ५ सय ९१ जनाले ज्यान गुमाएसकेको छन्।
५ असोज २०७८, मंगलवार १८:४४ बजे प्रकाशित












