भट्टद्वारा जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

कैलालीको गोदावरी नगरपालिका भित्र रहेको विभिन्न मिडियामा कार्यरत रहेका पत्रकारहरूको साझा संगठन गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्टले आफ्नो जन्मदिन अत्तरियामा रहेको सु.प समावेशी विद्यालयमा मनाएका छन् ।

उनले शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत सुदूरपश्चिमको एक मात्र विद्यालय सु.प समावेशी विद्यालयमा रहेका अपाङ्गता भएका बालबालिकाहरूकै बिचमा केके कटेर आफ्नो जन्मदिन मनाएका हुन् ।गोदावरी एफ एमका समाचार प्रमुख समेत रहेको अध्यक्ष भट्टले विद्यालयलाई खाद्यान्न समेत सहयोग गरेका छन् ।

उनले आवासीय रूपमा अध्ययनरत बिधार्थीहरुलाई थोरै भएपनि राहत होस भन्ने उध्ेश्यका साथ चामल , दाल , नुन , तेल सहयोग गरेका हुन् । उनले गोदावरी पत्रकार मञ्चको आयोजना आयोजित एक कार्यकमका बिच सो सामग्रीहरू विद्यालयका प्रधानाध्यापक राम बहादुर चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

बर्षदिनमा एक पटक आउने जन्मदिनमा अनआवश्य फर्जुल खर्च गर्नुभन्दा थोरै भएपनि राहत होस भनेर विद्यालय परिवारलाई खाद्यान्न सहयोग गरेको उनले बताए ।सो कार्यक्रममा गोदावरी पत्रकार मञ्चका सल्लाकार गोदावरी एफ एमका निर्देशक गोविन्द रोस्यारा र गोदावरी पत्रकार मञ्चका सम्पूर्ण पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका संस्थापक मान बहादुर साउँदले गरेका थिए ।

पत्रकार भट्टले प्रत्येक वर्ष आफ्नो जन्मदिन यस्तै दुखी , गरिब ,अनाथ ,असहाय तथा गरिब परिवारलाई केही न केही सहयोग गर्दै मनाउँदै आएका छन् । उनी विगत ६ वर्षदेखि अत्तरिया क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका छन् ।


५ असोज २०७८, मंगलवार १९:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु