कैलालीमा पुरुषको बेवारिस शव फेला
कैलालीमा एक पुरुषको बेवारिस शव फेला परेको छ। जिल्लाको जानकी गाउँपालिका–९ शिवशक्ति सामुदायिक वन पछाडि कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।
करिब ४५ वर्षीय पुरुषको शव सोमबार भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले बताए। उक्त विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
५ असोज २०७८, मंगलवार १८:३३ बजे प्रकाशित












