punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

Chaupati
safha napa

बैतडीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका ६ बेडौतीमा खोडपेतर्फ आउदै गरेको से१ज ६३४ नम्बर को जीपले भे७प ४३४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ घाइते भएका हुन्।

घाइते हुनेमा मोटरसाइकल चालक पाटन–६ का ३६ वर्षीय उद्धब जोशी, मोटरसाईकलमा सवार सोही ठाँउका ७३ वर्षीय अन्तराम पन्त र जीप चालक पाटन–१ का ज्ञानेन्द्र भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घाइते मध्ये मोटरसाईकल चालक जोशीको अवस्था गम्भिर रहेको छ। उनलाई धनगढी रेफर गरिएको छ। अन्य घाइतेको पाटन प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


३० भदौ २०७८, बुधवार १६:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु