punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका सबै विद्यालय सुचारु

Chaupati
safha napa

भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय बुधबारदेखि सञ्चालनमा आएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो ।

दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिक रुपमै पठनपाठन कार्यसञ्चालन गरिएको दोगडाकेदार गाउँपालिका(३ श्रीकोटस्थित सनातन धर्म माविका प्रधानाध्यापक वलदेवनाथले जानकारी दिए ।

विद्यालयमा मास्क अनिवार्य गरिएको छ । स्यानिटाइजर र साबुन पानीले हात धुने व्यवस्था छ । उनले भने, ‘कक्षा कोठामा पनि विद्यार्थीबीच सकेसम्म सामाजिक दूरी कायम गरेका छौँ‚ तर विद्यार्थी बढी र कक्षाकोठा कम भएकाले त्यसमा कठिनाइ भएको छ ।’

भौतिक रुपमै पठनपाठन कार्यमा सहभागी हुन पाउँदा विद्यार्थी खुसी भएका छन् । मेलौली, पुर्चौडी, दशरथचन्द, पाटन नगरपालिका तथा डिलासैनी, सुर्नया, शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा यसअघि नै पठनपाठन सुरु भइसकेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ । हाल यहाँ २० सक्रिय संक्रमित छन् ।

शिवनाथ, पञ्चेश्वर, सिगास र डिलासैनीमा हाल कोरोनाका सक्रिय संक्रमित शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा ५६२ विद्यालय छन्‚ जसमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाईले जनाएको छ ।रासस


३० भदौ २०७८, बुधवार १५:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु