punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरीगंगामा तालाबन्दी तेस्रो दिनमा पनि यथावत, नगर प्रमुखको वार्ता प्रस्ताव दलहरूद्वारा अस्वीकार

Chaupati
safha napa

कैलाली, गौरीगंगा नगरपालिकामा सोमबार देखि अनिश्चितकालीन तालाबन्दी आज तेस्रो दिन पनि यथावत् छ । नगरपालिकामा क्रियाशील पाँच राजनीति दलहरुले सयुक्त रुपमा लगाएको तालाबन्दी खोल्नको लागि नगर प्रमुख भिम बहादुर देउवाले गरेको वार्ताको प्रस्ताव दलहरूले अस्वीकार गरेका छन् ।

नगर प्रमुख देउवाले मंगबालबार विज्ञप्ति जारी गरि दलहरूलाई वार्ता छलफलको प्रस्ताव गरेका थिए । देउवाले विज्ञप्तिमानगरपालिकाको कार्यालयमा तालाबन्दीले दैनिक प्रशासनिक कामकाज अबरुद्ध भैइ सर्वसाधारण तथा सेवाग्राहीमा पुग्न गएको असहजताको लागि खेद ब्यक्त गर्दै आन्दोलनत राजनीति दलहरुलाई आन्दोलनतका कार्यक्रम फिर्ता लिई तालाबन्दी खोल्न र बार्तामा आउन अपिल गरेका थए ।

नगर प्रमुखले विज्ञप्तिमा प्रयोग गरेको भाषा शैली प्रति दलहरुले आपत्ति प्रक जनाएका छन् । दलहरूले संयुक्तरूपमा पटकपटक ध्यानाकर्षण सहित लिखित माग प्रस्तुत गरे पनि सुनुवाइ नभए पछि बाध्य भएर तालाबन्दी गरिएको जनाएका छन् ।

भदौ २४ गते नगर प्रमुखले अलटाल गरी कुनै सहमति नगरे पछि भाद्र २८ गतेबाट कार्यपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको भन्दै दलहरुले दैनिक कार्य संचालनमा अपठ्यारो हुन्छ भनि हामीले महसुस गरेका छौ यथापी हाम्रा माग पूरा गर्न लिखित सहमति होस् भने चाहेको उल्लेख गरेका छन् ।

नगरपालिकामा भएको भ्रष्टाचार अनियमितताका बिषयमा आवाज उठाउदाँ नगर प्रमुखले खेद प्रकट गर्नु आपति जनाउदै नगरप्रमुख जनता प्रति उत्तदायि हुनुहुन्न नभएको प्रमाणीत भएको र दोहोरो सम्बाद र छलफल वार्ताबाट समस्याको समाधान गर्न चाहेको दलहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नगर प्रमुखद्वारा आन्दोलन प्रति खेद व्यक्त गर्नु र सार्वजनिक पदको दुरुपयोग गरि अनियमितता भ्रष्टाचारको संरक्षणमा लिप्त रहेकोले नगरप्रमुखले बोलाएको छलफल दलका प्रतिनिधिले बहिष्कार गरेका छन् ।

आन्दोलनलाई गम्भीरतापूर्वक नलिनु र ध्यानाकर्षण हुनुपर्नेमा आफ्नो गल्ती ढाकछोप गर्न खेद व्यक्त गरेको हुदा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा छलफल गरि नगरपालिकामा भएको अनियमितता भ्रष्टाचार र बेरुजुको छानबिन समिति गठन गरि यथार्थ प्रतिवेदन सार्वजनिक गर्नु पर्ने लिखित सहमति नभए सम्म ताला नखुल्ने माओबादी केन्द्रका नेता देबि दत्त कडेल बताएका छन् ।


३० भदौ २०७८, बुधवार १६:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु