कैलाली र बाजुराको काँग्रेस क्रियाशील सदस्यता विवाद टुंगियो, वडा अधिवेशन कहिले ?
नेपाली काँग्रेसले कैलाली र बाजुराको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा छानविन समितिका सदस्यहरुले विवाद निरुपण गरेका हुन्।
छानविन समितिले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई नामावली बुझाएको छ। तर निर्वाचन समितिले सदस्यता नामावली भने बुझेको छैन।
कैलालीका जिल्ला उपसभापति प्रकाश बमले नामावली प्राप्त भएको खण्डमा असोज ५ गते भित्रै वडा अधिवेशन गर्न सकिने बताए । उनले अहिलेसम्म क्रियाशील सदस्यको नामावली भने नआएको बताए ।
नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार बाँकी रहेका २० जिल्लाकोे क्रियाशील सदस्यता टुङ्याएको हो ।
समितिको निणर्यअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका नामावली सार्वजनिक हुन अझै एक÷दुई दिन लाग्नसक्ने बाजुराका काँग्रेस सभापति कविराज पण्डितले बताए ।
कैलाली र बाजुराबाहेक सुदूरपश्चिमका सात जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन भएको छ।
३० भदौ २०७८, बुधवार १५:१९ बजे प्रकाशित






























