एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्।
एकीकृत समाजवादीका सांसद तारालामा तामाङ्गले दलको नेतामा सोडारी चयन भएको जानकारी दिए।
मंगलवार बसेको धनगढीमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।
२९ भदौ २०७८, मंगलवार १८:२८ बजे प्रकाशित






























