कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरका ३५ वर्षीय पदमसिंह कठायत रहेका छन्।

आइतबार दिउँसो उनलाई ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

उनलाई पक्राउपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

 


२८ भदौ २०७८, सोमवार १२:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु