सुदूरपश्चिमसहित तीन प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान
हाल (सोमबार बिहान) देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्यसम्म र बाँकी प्रदेशमा आंशिक बदली भएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो (दिनमा)देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति देशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
२८ भदौ २०७८, सोमवार ०८:२१ बजे प्रकाशित












