अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यक्षमा जेठारा
कैलालीको गोदावरी नगरपालिकामा अखिल नेपाल महिला संघ (क्रान्तिकारीको) भेला सम्पन्न भएको छ । भेलाबाट जानकी जेठाराको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी अनुमोदन गरिएको छ ।
संघको उपाध्यक्षमा हजारी विष्ट र मञ्जु बोहरा, सचिवमा चन्द्रा विष्ट, सह सचिवमा हेमा विष्ट, कोषाध्यक्षमा मनिशा राना सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरूमा उसा लामिछाने, इन्द्रा ओली, पार्वती बोहरा, पुष्पा धामी, हेमा राना शाही, बसन्ती खुना, बिस्ना चौधरी, अलु चौधरी, अनिता चौधरी, बिन्द्रा राना, तुलसी विष्ट, विमला चौधरी, दिपा बिक, सरस्वती बोहरा चयन भएका छन् ।
यस्तै कविता बलायर, सिता शाही, सुनिता चन्द, जयन्ती बिक, सातु ऐर, तिलसरी मण्डल, गंगा देवी साउँद, रुपा चौधरी, तेज देवी खड्का, खिमा देवी चौधरी, कमला नेपाली, पारु थापा, दुर्गा शाह, सुशीला चुनारा, रमिता चौधरी कोली, यशोदा देवी साउँद, मनीषा राना, अनिता चौधरी, पार्वती भण्डारी, लक्ष्मी चुनारा, कात्थी ढोली र हिरा नेपाली सदस्यमा चयन भएका हुन् । अन्यलाई मनोनीत गर्ने गरी भेलाले अनुमोदन गरेको हो ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा राष्ट्रियसभा सदस्य हरिराम चौधरी (उत्सव) को प्रमुख आतिथ्यमा सम्पन्न भेलामा अनेमा संघ (क्रान्तिकारी) की कैलाली जिल्ला अध्यक्ष शरु थारु, पूर्व केन्द्रीय सल्लाहकार सदस्य मेघराज भट्ट, माओवादी केन्द्र गोदावरी नगर संयोजक तथा कैलाली जिल्ला कमिटी सदस्य धर्म कुँवर, जिल्ला सदस्य एवं सह संयोजक तिलक चौधरी, मदन कठायत, जिल्ला सदस्य शेर बहादुर विष्ट, दिनेश शाह, जगत धामी, प्रदेशसभा सदस्य कुन्ती जोशी विशिष्ट अतिथि रहेका थिए ।
अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० की केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज विमला सिंह, केन्द्रीय सदस्य उर्मिला चौधरी, जिल्ला उपाध्यक्ष जनकी सिंह लगायतको आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
१९ भदौ २०७८, शनिवार १७:१० बजे प्रकाशित































