यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दार्चुलाबाट एक जना पक्राउ परेका छन् ।भदौ १५ गते राति मार्मा गाउँपालिका ६ पत्थरकाँडामा गौरा पर्व हेरेर घर फर्किने क्रममा बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नौगाड गाउँपालिका–४ सिप्टीका २५ वर्षीय महेशसिंह ठगुन्नालाई पक्राउ गरेको हो ।

पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई बिहीबार पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताए ।

ती बालिकामाथि पत्थरकाँडामा गौरा पर्व हेरेर राति साढे ११ बजे घर फर्किने क्रममा ठगुन्नाले दुर्व्यवहार गरेको बालिकाका आफन्तको आरोप छ ।


१९ भदौ २०७८, शनिवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु