आज चार प्रदेशका एक/दुुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने
आज चार प्रदेशका एकरदुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्।आज दिउँसो वाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एकरदुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।
उनका अनुसार राति पनि वाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।
अहिले लुम्बिनी प्रदेश सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले बताए । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज मौसम धुम्म रहनेछ । बेलुका पछि भने काठमाण्डौ उपत्यकामा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ ।
१८ भदौ २०७८, शुक्रवार ०८:४१ बजे प्रकाशित













