थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८४६ रहेको छ भने १६ जनाको मृत्यु भएको छ ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ जसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा र २३२७ जना संस्थागत आइसोलेसनमा छन् ।
१७ भदौ २०७८, बिहीवार १७:५९ बजे प्रकाशित













