कैलालीका विद्यालय सञ्चालनमा आउने

कैलालीमा विद्यालय सञ्चालन हुने भएका छन् । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि शुक्रवारदेखि विद्यालय सञ्चालन हुने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीको बिहीबार बसेको बैठकमा शुक्रवारदेखि असोज १ गते सम्म विद्यालय खुल्ने सहमति भइसकेको जनाएको छ । यद्यपि छलफल भने जारी रहेको छ । असोज १ गतेदेखि अवस्था हेरेर अर्को छलफल गरी निर्णय गरिने बिहीबार को बैठकमा छलफल भएको छ ।

यस अघि यहाँका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायले शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका थिए ।


१७ भदौ २०७८, बिहीवार १८:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु