थापा पौडेल पक्षमा खुल्ने संकेत

नेपाली कांग्रेसका नेता गगन थापा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलतिर लाग्ने संकेत देखिएको छ। बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पौडेल पक्षको पत्रकार सम्मेलनमा थापाले पनि सहभागिता जनाएका थिए।

भोलिदेखि कांग्रेसको वडा अधिवेशन सुरु हुँदैछ। त्यसको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा पौडेल पक्षमा अन्य नेताहरुसँगै थापा पनि उपस्थित भएका हुन्।

थापा अघिल्लो महाधिवेशनमा कृष्ण सिटौला पक्षबाट महामन्त्रीका उम्मेद्‌वार भएका थिए। थापाले त्यतिबेला शशांक कोइराला र अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गरेका थिए। कोइराला पौडेल समूहबाट र केसी देउवा समूहबाट प्रतिस्पर्धा गरेका थिए। अहिले कोइराला र केसी दुवै पौडेल पक्षमा छन्।

महाधिवेशनको बेलामा सिटौला समूहबाट उम्मेदवार भएका भए पनि पछिल्लो केही समय उनी सिटौलाबाट टाढिँदै गएका थिए।थापाले आगामी महाधेशनमा महामन्त्रीको उम्मेदवार हुने घोषणा गरिसकेका छन्।


१७ भदौ २०७८, बिहीवार १६:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु