कैलालीमा कांग्रेसको वडा अधिवेशन भदौ २२ पछि

कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन भदौ २२ गतेपछि मात्रै हुने भएको छ । क्रियाशील सदस्यको नामावली उपलब्ध नभएपछि शुक्रवारदेखि सुरु हुने भनिएको वडा अधिवेशन स्थगित भएको हो ।

काँग्रेस जिल्ला कार्यसमितिले बिहीबार अर्को सूचना जारी नहुँदासम्म वडा अधिवेशन स्थगित गरिएको जनाएको छ । वडा अधिवेशन स्थगित गरिनुमा जिल्लामा हालसम्म क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको कारण देखाइएको छ ।

काँग्रेस कैलालीका नेता यज्ञराज जोशीका अनुसार क्रियाशील नामावली आइपुगेमा २२ भदौमा वडा अधिवेशन गरिनेछ । वडा अधिवेशनका लागि कैलालीमा निर्वाचन अधिकृत आइसकेका छन् ।

कैलालीका लागि निर्वाचन अधिकृत तोकिएका टेकराज सुवेदीले २२ भदौपछि मात्रै कैलालीमा वडा अधिवेशन हुन सक्ने बताए।

‘क्रियाशील सदस्यताका विषयमा कैलालीमा केही समस्या रहेको छ,’ उनले भने, जसका कारण निर्वाचन गर्न केही समय लाग्न सक्ने देखिएको छ।’

 


१७ भदौ २०७८, बिहीवार १६:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु