punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कालिज फर्म भित्र चितुवा पसेपछि…

Chaupati
safha napa

डोटीको केआईसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैं फलेडीमा रहेको कालिज बहु उदेश्य फर्म भित्र चितुवा पसेको छ । तार र जालीले बन्द गरेको फर्म भित्र आईतबार राती चितुवा फर्म भित्र फसेको सञ्चालक कर्ण बोहराले जानकारी दिए

चितुवाले फर्म भित्र रहेका काजिल मारेर बाघ पनि फर्म भित्रै पसेको छ । चितुवाले फर्म भित्रबाट बाहिर निस्कने प्रयास गरेको भएपनि बाहिर आउने बाटो नहुँदा भित्रै फसेको छ ।

फर्म भित्र चितुवा पसेको जानकारी डिभिजन बन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय डोटीमा गराएको सञ्चालक कर्ण बोहराले बताए । गाउँ तर्फ ढोका भएका कारण ढोकामा चितुवा नआउने गरेको फर्मको तल्लो भागमा तार र जालिले बन्द गरिएको छ ।


१४ भदौ २०७८, सोमवार १५:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु