पूर्वप्रधानमन्त्री खनाल मिर्गौला प्रत्यारोपणपछि आज स्वदेश फर्कँदै

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल सोमबार दिउँसो उपचारपछि स्वदेश फर्किदै छन्।

मिर्गौल प्रत्यारोपणका लागि गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल पुगेका खनाल स्वास्थ्यलाभपछि सोमबार दिउँसो ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रन लागेका हुन्।

उनको मिर्गौला प्रत्यारोपण सफल भई पूर्णरुपमा स्वास्थ्य निको भएको नेकपा एसले जनाएको छ।

एमाले विभाजन गरी बनेको एकीकृत समाजवादीको पक्षमा उभिएका खनालले दिल्लीस्थित दूतावासबाटै बुधबार सखानत गरेका थिए।


१४ भदौ २०७८, सोमवार १५:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु