punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निष्कर्षबिनै टुङ्गियो सत्तारुढ गठबन्धनको बैठक

Chaupati
safha napa

सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । सोमबार (आज) बिहान प्रधानमन्त्री सरकरी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।

मन्त्रिपरिषद् विस्तारबारे अन्तिम टुङ्गो लगाउने भन्दै भेटेका नेताहरु बिनानिष्कर्ष उठेका हुन् । बैठकमा प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी थिए ।

नेताहरुले आजै साँझसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने भनेपनि त्यो सम्भव नदेखिएको एक नेताले बताए ।

 


१४ भदौ २०७८, सोमवार १२:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु