सुन-चाँदीको मूल्य स्थिर
आज अर्थात् सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।लगातार तीन दिनदेखि सुनको मूल्य स्थिर बनेको छ।
शुक्रबार, आइतबार र आज एकै एउटै मूल्यमा सुनको कारोबार भएको हो।चाँदीको मूल्य पनि स्थिर रहेको छ।
आइतबार १ हजार २ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज अर्थात् सोमबार पनि सोही मूल्यमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।
१४ भदौ २०७८, सोमवार १२:२२ बजे प्रकाशित































