punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

४ सय २४ जना बैतडीवासीले लिए राहदानी

Chaupati
safha napa

बैतडी जिल्ला प्रशासन (सिडिओ) कार्यालयबाट एक वर्षमा ४ सय २४ बैतडीवासीले राहदानी लिएका छन्। ३ सय ८६ जना पुरुष र ३८ जना महिला गरी वैदेशिक रोजगारी, विदेश भ्रमण तथा अध्ययन र अन्य कामका लागि गत आव ०७७÷७८मा ४ सय २४ जनाले राहदानी बनाएको जिप्रकाले जनाएको छ।

यसैगरी साढे ५ हजार बैतडीवासीले नागरिकता प्रमाणपत्र लिएका सिडिओ कार्यालयले जानकारी दिएको छ। ​जिप्रकाका अनुसार गत आव ०७७÷७८ मा ५ हजार ५ सय ६४ जनाले नागरिकता बनाएका छन्।

नागरिकता लिनेमध्ये ​३ हजार ३ सय ५८ जना पुरुष र २ हजार २ सय ६ जना महिला रहेको जिप्रका बैतडीका सूूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। ​जिप्रकाका अनुसार अन्य देशको नागरिकता लिएका ६ जनाले नेपाली नागरिकता त्यागेका छन्।


११ भदौ २०७८, शुक्रवार १७:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु