punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि

Chaupati
safha napa

कैलालीस्थित धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ०७६र७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड ५४ लाख ७३ हजार दुई सय ७१ आम्दानी गरेकामा गत आवमा रु २० करोड ६० हजार दुई सय ४६ आम्दानी भएको जनाइएको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले गत आवमा एकीकृत सम्पत्ति करबाट रु चार करोड आठ लाख २० हजार ६ सय ५९, घरबहाल करबाट रु तीन करोड १७ लाख १६ हजार पाँच सय, बहालबिरौटी करबाट रु नौ लाख ७६ हजार, सवारीसाधन करबाट रु चार लाख ९७ हजार सात सय पाँच र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट रु एक करोड ६८ लाख ८७ हजार तीन सय ३५ आम्दानी गरेको बताए।

त्यसैगरी सरकारी सम्पत्तिको बहालबाट रु ८३ लाख १७ हजार नौ सय ४४, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु २३ लाख ८० हजार पाँच सय ९८, शिक्षा क्षेत्रबाट रु आठ लाख ४६ हजार चार सय, पार्किङ शुल्कबाट रु २० लाख ५६ हजार नौ सय ६० यथार्थ आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत चन्दले जानकारी दिए।

उपमहानगरपालिकाले नक्सा पास दस्तुरबाट रु तीन करोड ४९ लाख ७७ हजार ६ सय ३४, सिफारिस दस्तुरबाट रु एक करोड ५३ लाख ५७ हजार ६ सय ४६, व्यक्तिगत घटना दर्ताबाट रु ६ लाख ४८ हजार सात सय २५, नाता प्रमाणित दस्तुरबाट रु दुई लाख २८ हजार एक सय, अन्य दस्तुरबाट रु एक लाख, प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु ६१ लाख पाँच हजार सात सय ८७, अन्य राजस्वबाट रु तीन करोड ७६ लाख ४३ हजार दुई सय आठ र बेरुजु असुलबाट रु चार लाख ९९ हजार ४४ आम्दानी गरेको जनाइएको छ।

गत आव ०७६÷७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड ५४ लाख ७३ हजार दुई सय ७१ आम्दानी गरेकामा आव ०७६÷७७ को तुलनामा ०७७÷७८ को यथार्थ आन्तरिक आम्दानीमा उल्लेख्य वृद्धि भएको जनाइएको छ।रासस


११ भदौ २०७८, शुक्रवार १७:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु