punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीले सडक खण्ड अवरुद्ध, अधिकांश वडा डुबानमा

Chaupati
safha napa

बिहीबार राति देखि चुरे क्षेत्रतिर भएको अविरल बर्षापछि कैलालीको विभिन्न क्षेत्र डुबानमा परेको छ ।कैलालीको मोहना, कान्द्रा, पथरैया र काँढा नदिमा आएको बाढीले भजनी नगरपालिकाको अधिकांश वडा डुबानमा परेको छ ।

बाढीले वडा नम्बर २, ३, ५, ६ र ८ को अधिकांश घर डुबानमा परेको नम्बर २ का स्थानीय गंगा डगौराले बताए । त्यस्तै बाढीले भजनी–जोशीपुर सडक खण्ड अवरुद्ध भएको छ । बाढीले अवरुद्ध भएको सडक खण्डमा ट्याक्टरले मोटरसाइकल र पैदल यात्रुलाई ओसारी रहेको उनले बताए ।

 


११ भदौ २०७८, शुक्रवार १४:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु