सुनको मूल्य फेरि घट्यो, तोलामा कति पुग्यो ?
नेपाली बजारमा सुनको मूल्य आज फेरि घटेको छ । पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्यमा आज प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी पनि तोलामा थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ । चाँदी हिजो एक हजार हजार २०५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२७ साउन २०७८, बुधवार ११:१९ बजे प्रकाशित













