punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालविवाह रोक्न अभिभावकलाई तालिम

Chaupati
safha napa

बझाङको बिथ्थडचिर गाउँपालिकामा बालविवाह रोकथामका लागि अभिभावकलक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

बालविवाहका कारण हुने हिंसालाई कम गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष तथा यूएनएफपीएको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बझाङको सहकार्य तथा आयोजनामा तीन दिने तालिम सञ्चालन गरिएको हो ।

बिथ्थडचिर गाउँपालिकाले १, २ र ३ नम्बर वडाका अभिभावकलाई हिजो शनिवारदेखि भोलि (सोमवार)सम्म तालिम दिइने जानकारी दिएको छ ।

किशोर किशोरीलाई मात्रै तालिम दिँदा कम प्रभावकारी भएको भन्दै अभिभावकलाई नै तालिम दिइएको गाउँपालिकाले जनाएको छ।

तालिममा सहभागी अभिभावकहरुले आफूहरुको उमेर नपुग्दै विवाह भएका कारण निकै दुस्ख खेप्नु परेको भन्दै छोराछोरीको विवाह भने २० वर्षपछि मात्रै गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।


२४ साउन २०७८, आइतवार ११:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु