भेटियो अनौठो माछा, दाँत मान्छेको जस्तै
अमेरिकामा मान्छेको जस्तो दाँत भएको अनौठो माछा फेला परेको छ । जसलाई शीप्सहेड फिश भनेर चिनिन्छ ।
उक्त अनौठो माछाको तस्वीर अघिल्लो साता नर्थ क्यारोलाइनामा जेनेट्स पायर नामक संस्थाले सार्वजनिक गरेको थियो । नेथन मार्टिन नामक माझीले त्यो माछा समातेका हुन् ।
त्यसका दाँत शिकारलाई धूलोपीठो पार्नका लागि बनेका हुन् । भेडाको जस्तो दाँत भएकाले त्यसलाई शीप्सहेड नाम दिइएको हुनसक्छ ।
अनौठो माछाको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अनेकथरी प्रतिक्रिया आएका छन् ।
२४ साउन २०७८, आइतवार ११:५५ बजे प्रकाशित













