punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अब भेरोसेल खोप क–कसले पाउँछन् ?

Chaupati
safha napa

सरकारले चीनबाट कोरोनाविरुद्धको खोप ल्याएको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले हालै ४० लाख डोज खरिदको सम्झौता गरेको छ । सो सम्झौता अनुसार पहिलो खेपमा आठ लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइपुगेको छ ।

भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना मन्त्रालयको छ ।

यसपछि पनि नेपाल एयरलाइन्सको जहाजमार्फत् निरन्तर खोप ल्याइने सरकारको योजना छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले अन्य उमेर समूहबारे भने निर्णय नभइसकेको बताए ।

उनले चीनबाट ल्याइएको खोप प्रदेशका भण्डारण स्थलमा पठाउन पनि तत्काल सुरु गरिने बताए । चीनबाट आउनासाथै काठमाडौं उपत्यका बाहिर खोप पठाउन सुरु गरिने पौडेलले बताए । नेपाल ल्याइएको खोप त्रिभुवन विमानस्थलको चिस्यान भण्डारणमा राखिएको छ । टेकु र पथलैयामा पनि केन्द्रीय स्तरका भण्डारण केन्द्र छन् ।

हेटौंडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् । भण्डारण केन्द्रमा खोप पुर्याइसकेपछि जिल्ला–जिल्लामा खोप लगाउन सुरु गरिने सरकारको योजना छ ।

 


२५ असार २०७८, शुक्रवार १०:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु