punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा बढी भाडा लिने सवारी साधन कारबाहीमा

Chaupati
safha napa

डोटी । तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारी साधनलाई जिल्ला प्रशासन कार्यालय डोटीले कारबाही गरेको छ ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने तथा यात्रुहरुलाई टिकट नदिई बढी भाडा लिने चार जीप तथा तीन हायस गरी सात वटा सवारीसाधनलाई बिहीबार कारबाही गरिएको हो ।

कारबाहीमा परेका सवारी साधनबाट ६ हजार ५०० जरिवाना लिइएको छ । जिल्लामा सञ्चालन भइरहेका सावरी साधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि स्थानीय प्रशासनले छड्के अनुगमन शुरु गरेको छ ।

दोस्रो लहरको कोरोना भाइरस महामारीका बेला यात्रु ठगिन थालेपछि छड्के अनुगमन शुरु गरी सावारीसाधन जाँच गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।

डोटीमा कोरोना निषेधाज्ञा उल्लंघन गर्ने चार र यात्रुलाई टिकट नदिई बढी भाडा लिने तीन सवारी साधन कारबाहीमा परेका हुन् । यसैगरी डोटीबाट धनगढीका लागि छुट्ने केही सवारी साधनले तोकिएको प्रतिव्यक्ति भाडादर ५५० रहेकोमा एक हजार रुपैयाँसम्म भाडा लिंदै आएको गुनासो बढेको छ ।


२५ असार २०७८, शुक्रवार ०८:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु