महिलालाई आत्मनिर्भर बनाउन नगरले सहयोग गर्छ : नगरप्रमुख कुँवर
अछाम : साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले महिलालाई आत्मनिर्भर बनाउको लागि नगरपालिकाले कुनै कसर वाँकी नराख्ने बताउनुभएको छ ।
सम विकास नेपालको आयोजना, सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र साँफेबगर नगरपालिको समन्वयमा आयोजना भएको एक महिने सेनेटरी प्याड निर्माण तालिमकोे आज समापन गर्दै नगर प्रमुख कुँवरले महिलाको जीवनस्तर परिवर्तनको लागि आवश्यक सहयोग गर्न नगरपालिका पूर्ण रुपमा तयार भएको बताउनुभयो ।
उहाँले तालिममा सिकेको सिपलाई व्यवहारीक जीवनमा उतार्नको लागि आग्रह पनि गर्नुभयो । हरेक कामहरु आफैमा चूनौतिपूर्ण भएपनि संघर्ष गर्ने हो अवश्य सफल भईने बताउनुभयो ।
नगरपालिकाले थुप्रै किसिमका तालिमहरुको आयोजना गरेपनि व्यवहारिक रुपमा लागु नगर्दा समस्या हुने गरेको बताउनुभयो ।नगरपालिका अव धेरै तालिम गर्ने पक्षमा नरहेको बताउँदै आवश्यक परेमा तालिम लिएका व्यक्तिलाई व्यवसाय सुरु गर्नको लागि सहयोग गर्न भने तयार रहेको बताउनुभयो ।
तालिम समापन कार्यक्रममा वोल्दै नेकपा एमाले अछामका उपाध्यक्ष प्रकाश शाहले राज्यले गरेको लगानि सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको छ ।तालिमलाई तालिममा मात्रै सिमित नराखि व्यवहारिक रुपमा उतार्न आग्रह गर्नुभयो ।
सम विकास नेपालका अध्यक्ष पशुपति कुँवरले महिलाको जीवनस्तर परिवर्तनको लागि सम विकास नेपालका आयआर्जनको लागि पहल गर्दै आएको बताउनुभयो ।
१३ असार २०७८, आइतवार १०:४७ बजे प्रकाशित






























