बयालपाटा अस्पताललाई १ लाख १ हजार सहयोग
अछाम। अन्तराष्ट्रिय सिद्देश्वर सेवा समाज पुना भारतले बयालपाटा अस्पताललाई आर्थिक र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । समाजले अस्पताललाई नगद १ लाख १ हजार रुपैयाँ र अन्य स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ ।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देश्वर घर भई हाल प्रवासमा रहेका दाजुभाईहरुको सहयोगमा अस्पताललाई नगद १ लाख र स्वास्थ्य सामाग्री तथा सिद्देश्वर स्वास्थ्य चौकी र शहरी क्लिनिक साँफेबगरलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरिएको छ । कोरोनाको महामारीमा अस्पतालले दिनरात खटेर बिरामीको सेवा गरेको भन्दै प्रवासमा कामको शिलसिशलामा रहेका दाजुभाईको पहलमा आर्थिक संकलन गरि सहयोग गरिएको बताईएको छ ।
उक्त नगद र स्वास्थ्य सामाग्री साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले बयालपाटा असपतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकलाई हस्तान्त्ररण गरेका हुन् ।
१२ असार २०७८, शनिवार ११:३४ बजे प्रकाशित































