punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गन्यापधुरा गाउँपालिको आगामी आर्थीक बर्षको बजेट ३३ करोड ६६ लाख

Chaupati
safha napa

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिले आगामी आर्थिक बर्षका लागि ३३ करोड ६६ लाख लाख ७५ हजार बराबरको बजेट ल्याएको छ । बिहीबार बसेको आठौं गाउँसभामा उपाध्यक्ष कमला ठगुन्नाले बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले अधिकांश विगतकै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । आर्थिक समृद्धिको पहिलो आधार कृषि रहेको भन्दै गाउँपापलकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको छ ।

यस्तै कोभिड जस्ता महामारीसंग सामाना गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । आर्थिक विकास, सामाजिक क्षेत्र, सांस्कृतिक तथा पर्यटन क्षेत्र, वातावरण संरक्षण लगायतका क्षेत्रमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरेको उल्लेख गरिएको छ । यस्तै खेलकुद क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।


१० असार २०७८, बिहीवार २०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु