साँफेबगर नगरपालिकाद्धारा २०७८–७९ का लागि ६४ करोड ४२ लाख १ हजार विनियोजन
अछाम : साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ६४ करोड ४२ लाख १ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । उपप्रमुख विर्मलादेवि वुड्थापाले साँफेबगर नगरपालिकाको बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले चालु तर्फ ४७ कारोड ८ लाख र पूजीगत तर्फ १७ करोड ३५ लाख वरावरको वजेट सातौं नगर सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । नगरपालिकाले संघीय सरकारको सशर्त तर्फ ३५ करोड ८ लाख, समानिकरण अनुदान तर्फ ११ करोड ७८ लाख, विशेष अनुदान पूजिगत १ करोड ६१ लख, सशर्त अनुदान पूजिगत १ करोड ५१ लाख,समानिकरण अनुदान तर्फ ३ लाख ४९ हजार, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख, संघिय सरकारको समपुरक पूजीगत तर्फ ४२ लाख, प्रदेश सरकारको समपुरक अनुदान ४० लाख, संघीय राजश्व बाँडफाँडबाट ९ करोड ५४ लाख ४ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट २६ लाख ४ हजार र आन्तरिक आयबाट २ करोड ४८ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।
१० असार २०७८, बिहीवार २०:१८ बजे प्रकाशित































