punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा बुधबार २५३ कोरोना संक्रमित थपिए

Chaupati
safha napa

धनगढी ।  सुदूरपश्चिम प्रदेशमा बुधबार २ सय ५३ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा १ सय ५५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९८ जना गरी २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार पिसिआर बिधिबाट ४ सय २४ र एन्टिजेन विधिबाट १ हजा १ सय ५ नमूनाको कोरोना परिक्षण गरिएको थियो ।यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४२ हजार १ सय २२ पुगेको छ । जसमध्ये ३२ हजार १ सय ९८ जनाले कोरोना जितेका छन ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ७५ जनाले कोरोना जितेका छन ।सुदूरपश्चिममा कोरोना संक्रमणका कारण बुधबार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै कैलालीका रहेका छन । यो संगै कैलालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ४५ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।


२६ जेठ २०७८, बुधवार १९:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु