punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको अत्तरिया चोक मर्मतको काम सुरु

Chaupati
safha napa

अत्तरिया । अत्तरिया चोक मर्मतको काम सुरु गरिएको छ । चोकमा कालोपत्रे फुटेका कारण बर्षादमा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुँदै आएको चोकको मर्मतको काम सुरु गरिएको हो।

सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत मर्मतको काम यसअघि बैशाख पहिलो साता देखि नै गरिने भनिए पनि कोरोना महामारी पछि भएको लकडाउनका कारण काम ढिला गरी सुरु भएको छ ।

चोक मर्मतका लागि भुवन निर्माण सेवा प्राली धनगढी छनोट भएको छ । उसले चोक मर्मतका लागि ९० लाखमा सम्झौता गरेको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले चोकमा कालोपत्रे गरीदा ६ लेन सडक कै लेवल मिलाइने बताए ।


२६ जेठ २०७८, बुधवार १७:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु