punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मंगलबार सुदूरपश्चिममा थप ४३७ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

मंगलबार सुदूरपश्चिममा थप ४३७ जनामा कोरोना पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १ हजार २५९ नमुना  पीसीआर तथा ५ वटा सीमानाकामा २ हजार ५६३ नमूना ऐन्टिजेन विधिबाट परीक्षण हुँदा ४३७ जनामा संक्रमण पुष्टि भएको हाे । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ९३८ जनाको नमूना परीक्षण गर्दा १३६ जना, महाकाली अस्पतालमा ४५ नमूना परीक्षण गर्दा ३४ जना, डडेल्धुरा अस्पतालमा ४२ नमूना परीक्षण गर्दा १५ जना, डोटी अस्पतालमा २२ नमूना परीक्षण गर्दा ९ जना, बझाङ्ग अस्पतालमा ११६ नमूना परीक्षण गर्दा ४५ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ९६ जनाको नमूना परीक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख १६ हजार १९१ नमूना परीक्षण गर्दा ३७ हजार १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 


१२ जेठ २०७८, बुधवार १८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु