punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले प्रदेश अध्यक्ष थापाको चेतावनी– ‘पार्टीको निर्णय नमान्ने सांसदलाई कारबाही गछौं’

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेपछि पार्टी प्रदेश अध्यक्ष कर्ण थापाले केन्द्रको निर्णय नमान्ने सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

केन्द्रको निर्णय नमान्नेलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने उनले दाबी गरे । पार्टीका तीनजना मन्त्रीलाई राजीनामा दिन निर्देशन भइसकेको बताउँदै उनले भने, ‘निर्देशन विपरीत निर्णय गरेको भन्ने सुन्नमा आएको छ । अब कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेबाट निर्वाचित सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र सरकारबाट फिर्ता आउन आग्रह गरिएको थियो ।

तर, सुदूरपश्चिममा उक्त निर्णय कार्यान्वयन हुन सकेन । एमाले संसदीय दलको बैठकले सरकारबाट बाहिर नफर्किने निर्णय गरेपछि ओलीलाई चुनौती देखिएको छ।

प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरणमन्त्री माया भट्ट छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । गत चैत १५ गते नै नेकपा एमालेको प्रदेश कमिटी बैठकले पनि प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो ।

सभामुख अर्जुन थापासहित प्रदेश सभामा एमालेका जम्मा २५ जना सांसद छन् । जसमा माधव पक्षमा १९ जना सांसद छन् ।

 


१२ जेठ २०७८, बुधवार १७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु