भारतले सार्वजनिक गर्यो कोरोनाविरुद्धको औषधि
भारतले कोरोनाविरुद्धको औषधि सार्वजनिक गरेको छ । आज भारत सरकारले भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ)ले विकास गरेको औषधि सार्वजनिक गरेको हो ।
समाचार संस्था एएनआईका अनुसार भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थमन्त्री हर्षवर्धनले कोभिड–१९ विरुद्धको ‘२ डिओक्सि–डी–ग्लुकोज’ नामक औषधि सार्वजनिक गरे।
भारतको डीआरडीओको ‘इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेज’ले डा. रेड्डी प्रयोगशालासँगको समन्वयमा उक्त औषधि विकास गरेको हो ।
सार्वजनिक गरिएका मध्ये २ डिजी औषधिको दश हजार डोजको पहिलो ब्याच हो। जसमा धुलोको रुपमा आउने औषधीलाई पानीमा घोलेर खाने गरी तयार गरिएको छ ।
औषधि भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्नेछ । यो औषधि कोरोना संक्रमितका लागि वैकल्पिक उपचार हुने दाबी गरिएको छ। यसको प्रयोगले संक्रमितमा अक्सिजनको लेभलमा सुधार हुने बताइएको छ ।
३ जेठ २०७८, सोमवार १७:१६ बजे प्रकाशित































