punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप १०५७ जनामा काेराेना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट २ हजार १ सय ९६ जनाको नमुना परीक्षण गर्दा प्रदेशभर झण्डै आधामा संक्रमण पुष्टि भएको हाे । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३० हजार चार सय २० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

सबैभन्दा धेरै कैलालीका ९ जना, कञ्चनपुरका ५ जना, डडेल्धुरा र बझाङ २/२ जना, बैतडी, अछाम र दार्चुलाका १/१ जनाको मृत्यु भएको छ ।

योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५४ पुगेको छ ।


२ जेठ २०७८, आइतवार १९:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु