माओवादीले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लियो
नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ताको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।
माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद्का महासचिवलाई लेखेको पत्र उक्त दलका प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतका नेताहरूले बुधबार बुझाएका हुन् ।
दाहालले पत्रमा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सर्वोच्चले खारेज गरेपछि राजीनामा गर्नुको सट्टामा थप संविधान उलंघनमा प्रधानमन्त्री ओली लागेको आरोप लगाएका छन् ।
माओवादीको मंगलबारको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय लिएपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
२२ वैशाख २०७८, बुधवार १२:४८ बजे प्रकाशित






























