एफसी चितवनमाथि सानदार जित निकाल्दै धनगढी शीर्षस्थानमा
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनमाथि सानदार जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले ३-० को सानदार जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा धनगढीलाई निशान लिम्बुले अग्रता दिलाएका थिए। उनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए भने ६९ औं मिनेटमा ओलावाले अफीजले गोल थपे।
त्यस्तै, ८० औं मिमेटमा बुद्ध बल तामाङले गोल गर्दा पहिलो धनगढीले सानदार जित निकालेको हो।
जितसँग ४ खेल खेलेर २ जित १ बराबरी र १ हार ब्यहोरेको धनगढी एफसी अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ। उता एफसी चितवन २ अंक जोड्दै तालिकाको छैठौं स्थानमा छ।
१८ वैशाख २०७८, शनिवार १८:५९ बजे प्रकाशित































