punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा थप २ जना संक्रमितको मृत्यु

Chaupati
safha napa

कैलालीमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकामा गरि दुई जनाको मृत्युु भएको हो ।

जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

कोरोना संक्रमण देखिएपछि उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो ।

संक्रमण देखिएपछि बैशाख ११ गतेदेखि उपचाररत उनको शनिबार विहान १ बजेको मृत्यु भएको सूचना अधिकारी जोशीले जानकारी दिए।


१८ वैशाख २०७८, शनिवार ०८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु