सेती अस्पतालको प्रयोगशालामा ११ जनामा कोरोना पुष्टि

सेती अस्पतालको प्रयोगशालामा ११ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परीक्षणमा १६७ नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको पुनर्वास, शुक्लाफाँटा, र कृष्णपुरमा एक–एक जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा ५५ जना कोरोना संक्रमितको उपचार भईरहेको समेत अस्पतालले जनाएको छ ।


१३ वैशाख २०७८, सोमवार १५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु