धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटको भवन शिलान्यास

धनगढी उप–महानगरपालिकाले प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम परिषद ( सिटिईभिटी) संगको साझादारीमा संचालनमा ल्याएको धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटको भवन शिलान्यास गरिएको छ ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले सोमबार भवनको सिलान्यास गरेका हुन् । भवन निर्माणको ठेक्का जी.के. कन्स्ट्रक्सन धनगढीले लिएको छ । भवनको सिलान्यास गर्दै नगरप्रमुख वडले यस क्षेत्रका बालबालिकाहरुले न्यून शुल्कमा गुणस्तरीय प्राविधीक शिक्षा पढ्न पाउन भनेर धनगढी उप–महानगरपालिकाले आफै बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएको बताए ।

भक्तपुरको ख्वाप ईन्जिनियरिङ्ग कलेजपछि उपत्यका बाहिर आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका पहिलो भएको नगरप्रमुख वडले बताए । उनकाअनुसार यहाँ न्यून शुल्कमा अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन हुनेछ ।

सिटिईभिटीको अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन गराउने कर्णाली र सुदूरपश्चिम प्रदेशमा धनगढी पोलिटेक्निक इन्ष्टिच्यूट मात्रै भएको बताइएको छ ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा न्यून शुल्कमा प्राविधीक शिक्षाको पठनपाठन भैरहेको बताइन् । ‘धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटले अटोमोवाइल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्याण्नेजमेन्ट डिप्लोमातका अतिरिक्त छोटो समयका निशुल्क सीपमूलक तालिम संचालन गर्दै आइरहेको छ’ उप–प्रमुख भट्टले भनिन्, ‘ हाम्रो उदेश्य दक्ष जनशक्ति उत्पादन गर्नु हो ।’

धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा अटोमोवाईल ईन्जिनियरिङ्ग तीन वर्षे डिप्लोमा तहको १ लाख ८० हजार र होटल म्यानेजमेन्ट तीन बर्षे डिप्लोमा तहको १ लाख ५३ हजारमा पढाई पूरा हुने गर्दछ । यही विषय अन्यत्र पढ्दा ठूलो खर्च हुने गर्दछ ।


१३ वैशाख २०७८, सोमवार १६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु