ट्याक्टर दुर्घटना हुँदा बाजुरामा एक जनाको मृत्यु, एक घाइते
ट्याक्टर दुर्घटना हुँदा बाजुरामा एक जनाको मृत्यु भएको छ । भने अर्का एक जना घाइते भएका छन् ।
जिल्लाको साफेँ मार्तडी सडक खण्ड अन्तरगत बाजुराको बुढिगंगा नगरपालिका १ मा से २ च ३१७९ नम्मरको ट्याक्टर दुर्घटना हुँदा अछामको मेल्ललेख गाउँपालिका वडा नम्बर १ का किनज बुढाको मृत्यु भएको हो ।
ट्याक्टरमा रहेका बाजुराको त्रिवेणी नगरपालिका १ छताराका कृष्ण बुढा घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजित महराका अनुसार छाती र खुट्टामा चोट लागेको थियो । पहिरोमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको उनले जानकारी गराए ।
१३ वैशाख २०७८, सोमवार १३:३६ बजे प्रकाशित













