punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा १२ शैयाको आइसोलेसन स्थापना

Chaupati
safha napa

जिल्ला अस्पतालमा १२ शैयाकोको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना संक्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले आइसोलेसन कक्ष स्थापना गरिएको हो ।

जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना संक्रण देखिन थालेपछि जिल्लामा पनि संक्रमितको संख्या बढ्न सक्ने भन्दै आइसोलेसन कक्ष स्थापना गरिएको हो ।

अस्पतालले स्थापना गरेको आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्था गरिएको उनले जानकारी गराए। जिल्ला अस्पतालमा निर्माण गरिएको १२ शैयाको आइसोलेसन कक्षमा म्याट्रेस, तन्ना, तकिया र सुपानेट झुल तथा २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले जानकारी गराए । आइसोलेसनमा स्वास्थ्य समस्या देखिएका कोरोना संक्रमितलाई राखेर उनीहरूको स्वास्थ्य उपचार, जाँच तथा खानाको व्यवस्था मिलाइएको उनले जानकारी गराए ।

जिल्लामा रहेका ९ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा आइसोलेसन कक्ष स्थापना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।

प्रशासनले भारतबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टीनमा राख्नुपर्ने निर्णय गरेको भए पनि यहाँका स्थानीय तहले हालसम्म क्वारेन्टीन स्थापना गर्न सकेका छैनन् ।क्वारेन्टीन व्यवस्थापनका लागि आवश्यक बजेट नभएका कारण निर्माण गर्न नसकिएको जनप्रतिनिधिले बताउँदै आएका छन् ।


१३ वैशाख २०७८, सोमवार १४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु